Logo
Logo

छानबिन समितिको प्रतिवेदनप्रति प्रशिक्षक अल्मुताइरी असन्तुष्ट



काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित छानबिन समितिको प्रतिवेदनप्रति राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले असन्तुष्टि प्रकट गरेका छन्।

बुधबार राखेप सदस्य सचिव रमेश सिलवाललाई बुझाएको प्रतिवेदनमा प्रशिक्षकको क्षमतामा प्रश्न गर्ने ठाउँ नभएको र व्यहोरा सुधार गर्नुपर्ने सुझाव दिएपछि अल्मुताइरीले असन्तुष्ट जनाउँदै नेपाल छाड्ने संकेत गरेका हुन् ।

उनले फेसबुकमा आइएम आउट, लेट्स पोलिटिक्स वर्क भनेर लेखेका छन । यसको अर्थ म बाहिरिए, राजनीति गर्नेलाई गर्न देउ भनेर उल्लेख गरेका छन्। 

एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र अल्मुताइरीबीच विवाद बढेपछि राखेपले साउन १९ गते पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियाे । उनले आफू बाहिरिएको र राजनीतिक काम चालू राख्न भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्।

साथै, प्रशिक्षक अल्मुताइरीले व्यवहारिक आचरणमा सुधार गर्नुपर्ने, एन्फाले आफ्ना विभागहरुलाई सक्रिय गर्नुपर्ने, आन्तरिक विवादलाई एन्फामै समाधान गर्नुपर्नेलगायत ११ बुँदे निर्देशनात्मक सुझाव समेटेको छ।

प्रतिक्रिया दिनुहोस्