Logo
Logo

भीम आचार्यलाई मुख्यमन्त्री बनाउन शेरधनद्वारा राजीनामा



काठमाडौं । नेकपा एमाले विभाजनसँगै सत्ता संकट निम्तिएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् ।

आज बसेको संसदीय दलको बैठकबाट एमाले सचिव भीम आचार्यलाई दलको नेता चयन गर्दै मुख्यमन्त्री बनाउने निर्णय गरेपछि राईले राजीनामा दिएका हुन् ।

राजीनामा दिएपछि संचारकर्मीसँग कुरा गर्दे मुख्यमन्त्री राईले भने- ‘पार्टी एकता जोगाउनका लागि मैले राजीनामा दिएको हुँ । पार्टीले नेता भीम आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । यसले पार्टी एकता जोगिने विश्वास लिएको छु ।’

राईले राजीनामा दिएर आचार्य मुख्यमन्त्री बने पनि धेरै भए एक महिनाका लागि हुनेछन् । किनकी एक महिनामा विश्वासको मत लिनु पर्ने हुन्छ । एमाले विभाजनसँगै १२ देखि १५ जना सांसद नेकपा (एकीकृत समाजवादी) पार्टीमा जाने निश्चित भएकाले विश्वासको मत पाउने सम्भावना छैन ।

प्रतिक्रिया दिनुहोस्