Logo
Logo

गंगालाल हृदय रोग केन्द्रलाई हिमालयन बैंकको सहयोग



काठमाडौं । हिमालयन बैंक लिमिटेडले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई सहयोग गरेको हो ।

बैंकले अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरूका लागि वार्डहरू मर्मत–सम्भार गरी उचित सेवा प्रदान गर्न ६ लाख ९२ हजार ९ सय रुपैयाँ सहयोग गरेको जनाएको छ । अस्पतालमा भएका वार्ड जीर्ण भएकाले सेवाग्राही तथा चिकित्सकहरूका लागिसमेत समस्या परेको निष्कर्षका साथ सहयोग रकममा वार्ड मर्मत–सम्भार गरी हस्तान्तरण गरेको जनाइएको छ ।

बैंकका महाप्रबन्धक सुशील जोशी र महाराजगन्ज शाखा प्रबन्धक अभयबहादुर शाहले अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि आधिकारीको उपस्थितिमा वार्डको उद्घाटन गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्