Logo
Logo

पाँचखाल र पनौती नपासँग उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि नबिल बैंकको समझदारी



काठमाडौं । नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाको तर्फबाट मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले उद्यमशीलता विकास र वित्तीय पहुँच लागि साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त साझेदारीमार्फत नगरपालिकाले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई नगरपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमानुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने र अबको एक बर्षमा सफलताका कथा सुन्न आतुर भएको बताए । त्यस्तै पनौती नगरपालिकाका मेयर न्यौपानेले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा राखे ।

उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पु¥याइ नगरपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे । पाँचखालमा आयोजित कार्यक्रममा बोल्दै उपमेयर लक्ष्मी दनुवारले पाँचखाल शाखालाई नबिल दिगो बैंकिङ पाइलट शाखा बनाएकामा धन्यवाद ज्ञापन गर्दै बैंकसँग नगर विकास र रोजगारी सिर्जनामा सँगै हातेमालो गर्ने बताए ।
नबिल बैंकले असार १५ गते धान दिवसा दिन नबिल दिगो बैंकिङ सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु प्रदान गर्न सुरु गरेको छ ।

बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशीलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाबाट सञ्चालन गरी बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशील कर्जा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्