Logo
Logo

प्रचण्डको सम्झनामा माधवसँग खाएको त्यो लड्डु



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी प्रवृत्तिसँग लडेर अहिले विजय हासिल गरेको बताएका छन् ।

शनिबार योङ कम्युनिस्ट लिगको कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी प्रवृत्तिमाथि विजय साहिल गरेपनि ‘रिल्याक्स मुड’मा भने हुन नहुने बताए । उनले भने ‘अहिले हामी विजयी मुडमा छौं, तर कहिलेकाहीँ के हुन्छ भने विजयी भयो भनेर रिल्याक्स गर्न थाल्दा रहेछौँ, कुन बेला घन हान्छन् पत्तो हुन्न ।’

प्रतिनिधिसभा विघटन बदर भएपछि खुसी साट्दै प्रचण्ड–माधव, तस्वीर : फाइल फोटो

पहिलो पटक ओलीले गरेको प्रतिनिधिसभा विघटन बदर भएपछि माधव नेपालसँग मिलेर लड्डु खाएको प्रसंग स्मरण गर्दै प्रचण्डले भने, ‘पहिलो चोटी संसद पुनःस्थापना भएपछि माधवले र मैले लड्डु खाइयो। त्यो लड्डुको स्वाद जान पाएको थिएन, दुईटा पार्टी भए । ड्याम्म फेरि टाउकोमा धन हानेजस्तो आइहाल्यो । बल्ल बल्ल त्यसलाई सम्याइयाछ, अब के आउने हो भन्नेमा पनि सर्तक हुनुपर्छ ।’

उनले कम्युनिस्टहरु एकता भएपछि विकास होला भनेर आफैले पार्टी एकताको प्रस्ताव पनि बताए । ‘नेपालमा कम्युनिस्टहरु एकता भएमा विकास होला भनेर मैले नै प्रस्ताव राखेर एक भयो, तर त्यो दुर्भाग्य । पाँच वर्ष पनि टिकेन,’ अध्यक्ष दाहालले भने, ‘बरु यसमा भयंकर प्रतिगमनका नायकहरु देखापरे। प्रतिगमनविरुद्ध हामीले देशैभर संघर्ष गर्नुर्पयो ।’

उनले ओली भयंकर प्रतिगमनका नायकको रुपमा देखापरेको टिप्पणी गरे । उनले २०३८ सालमा आफूले भर्खर राजनीति सुरु गर्दादेखि जनयुद्ध र संविधान निर्माणसम्म सम्झना गर्दै संविधान निर्माणपछि देश विकासका लागि कम्युनिस्टहरु एक ठाउँमा आएको भए पनि त्यस्ता नायकहरुका कारण आन्दोलन गर्नुपरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्