Logo
Logo

मेगा बैंकका ग्राहकलाई ओम अस्पतालमा छुट



काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने सम्झौता भएको छ ।

मेगा बैंक नेपाल लिमिटेड र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले ओम अस्पतालमा कूल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन् ।

यसैगरी मेगा बैंकका ग्राहकलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ । मेगा बैंकका ग्राहकलाई यसअघिदेखि नै काठमाडौँलगायत देशका विभिन्न अस्पतालले विशेष छुट दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्