Logo
Logo

एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल चयन, राष्ट्रियसभामा भुसाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीे संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले दलको नेता चयन गरेको हो ।

यस्तै राष्ट्रियसभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन भएका छन् । अरु पदाधिकारीहरु भने पछि चयन हुने सांसद विरोध खतिवडाले जानकारी दिए ।

संसदीय दलको बैठकले विधान मस्यौदा समिति बनाएको छ । भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी समिति छन् ।

प्रतिक्रिया दिनुहोस्