Logo
Logo

ओलीको हठका कारण राजनीतिक अस्थिरता : जिएम



काठमाडौं । नेकपा (एकिकृत समाजवादी) निकट युवासंघ नेपालका महासचिव दिपक जिएमले एमाले अध्यक्ष केपी ओलीको बालहठका कारण राजनीतिक अस्थिरता सृजना भएको आरोप लगाएका छन् ।

वाइसीयल नेपालको प्रथम भेलालाई सम्बोधन गर्ने क्रममा महासचिव जिएमले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीको बालहठ, स्वेच्छाचारी प्रवृत्तिका कारण देशमा राजनीतिक अस्थिरता निम्तिएको र कम्युनिष्ट आन्दोलन कमजोर बनेको टिप्पणी गरेका हुन् ।


उनले भने, ‘२०७४ देखि केपी ओली सत्तामा आए। उनको बालहठ र स्वेच्छाचारी पनका कारण कम्युनिस्ट आन्दोलन तहसनहस बन्यो । त्सैले हामी सँगै बसेर देशको विकास, कम्युनिष्ट आन्दोलनको रक्षा र लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्नका लागि हामी एकीकृत समाजवादी पार्टी निर्माणमा जुटेका छौं ।’

उनले अगाडि भने, ‘केपी ओलीका भत्तहरुले बादरकोमुकुण्डो लगाएर माइतीघर, वानेश्वर तिर समय बिताउँदै गर्दा हामीले विश्वद्यालय सरसफाई तथा जनताको सेवामा खटिरहेका थियौं । र आज पनि हामी जनताकै बीचमा रहेर जनताकै सेवा गरिरहेका छौं । युवाहरुले राष्ट्र निर्माणका लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्