Logo
Logo

दार्चुला घटनाबारे छानविन समितिले प्रतिवेदन बुझायो



काठमाडौं । दार्चुलाको तुइन घटना छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ ।

मंगलबार गृहमन्त्रालयमा समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारिएको प्रतिवेदन बुझाएका हुन् ।

सोमबाबर सत्तारुढ गठबन्धनको बैठकमा दार्चुला घटनाबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेको भोलिपल्टै समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।

२०७८ साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए । उनको अवस्था अहिलेसम्म अज्ञात छ ।

तुइनबाट भारतीय भूमि गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिँडेका धामी तुइनबाट महाकाली पार गर्नै लाग्दा ‘भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले तार काटिदिएका थिए ।

भारत सरकारले यस विषयमा आफ्नो पक्ष जवाफदेही नभएको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्