Logo
Logo

प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्ति पत्र प्रदान



काठमाडौं । कार्यवाहक प्रधान सेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गरिएको छ । रक्षा मन्त्रालयका सचिव बेगेन्द्र शर्मा पौड्यालले बुधवार शर्मालाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले भदौ २४ बाट लागु हुने गरी रथी शर्मालाई प्रधान सेनापति नियुक्ति गरेकी थिइन् । श्रावण २६ बाट उनी कायममुकायम प्रधान सेनापति छन् ।

मन्त्रालयमा आयोजित कार्यक्रमका बीच रक्षा सचिव श्री पौड्यालले शर्मालाई नियुक्ति पत्र हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कार्यक्रममा नेपाली सेनाका पिएसओज, रथीवृन्द तथा रक्षा मन्त्रालयका अधिकृतहरूको सहभागिता थियो । रक्षा सचिवले कार्यवाहक प्रधान सेनापति शर्मालाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्