Logo
Logo

दृष्टिकर्मी यशोदा भुजेललाई मातृशोक


819
Shares

काठमाडौँ । दृष्टि न्युजका संवाददाता यशोदा भुजेललाई मातृशोक परेको छ । उनकी ६९ वर्षीया आमा भावीमाया भुजेलको शनिबार निधन भएको हो ।

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका स्थायी घर भएकी भावीमायाको आफ्नै निजी निवासमा निधन भएको परिवारजनले जनाएका छन्। आज आइतबार उनको अन्त्येष्टि गरिएको छ। उनी केही समयदेखि क्यान्सर रोगबाट ग्रसित थिइन् ।

केही समयअघि काठमाडौँस्थित शिक्षण अस्पताल (टिचिङ) मा उपचार गराएर उनी गृहजिल्ला ओखलढुङ्गा फर्किएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्