Logo
Logo

सभापतिमा उम्मेदवारी दिने कल्याण गुरुङको घोषणा



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता गुरुङले कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भएका गुरुङ पार्टीको १२ औं महाधिवेशनपछि केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्यका रूपमा मनोनीत भएका थिए ।

उनलाई तत्कालीन सभापति सुशील कोइरालाले मनोनीत गरेका थिए । त्यसयता कोइराला परिवारसँग निकट रहेर राजनीति गरिरहेका उनी १३ औं महाधिवेशनमा रामचन्द्र पौडेलको टिमबाट आदिवासी जनजातितर्फ केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्