Logo
Logo

नेकपा समाजवादीले माग्यो मुख्यमन्त्री आर्चायको राजीनामा



विराटनगर । नेकपा (एकिकृत समाजवादी) पार्टीले प्रदेश–१ का मुख्यमन्त्री भीम आर्चायको राजीनामा मागेको छ । मुख्यमन्त्री आचार्य अल्पमतमा परेसँगै एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्र राईले राजीनमा मागेका हुन् ।

बुधबार नेकपा एमालेका १० जना सांसदले नेकपा एकिकृत समाजवादी पार्टी रोजेपछि अल्पमतमा छन् । मुख्यमन्त्री आचार्य गत बिहीबार मात्रै नियुक्ति भएका थिए ।

अल्पमतम परेसँगै मुख्यमन्त्री आचार्यलाई नैतिकताका आधारमा पद छाड्नु पर्ने नेता राईले बताए । पद नछाडे विपक्षी गठबन्धनले हटाउने उनले बताए ।

बुधबार प्रदेश निर्वाचन कार्यालयमा दल सनाखतपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘अल्पमतमा परेको उहाँहरुलाई पनि थाहा भइसकेको छ, नैतिकताको आधारमा छोड्नुहुन्छ भनेर १–२ दिन प्रतिक्षा गर्छौ ।’

प्रदेश १ को प्रदेशसभामा एमालेका ५१ सांसद थिए । तीमध्ये १० जनाले एकीकृत समाजवादी पार्टी मुख्यमन्त्री आचार्य अल्पमतमा छन् ।

प्रतिक्रिया दिनुहोस्