Logo
Logo

प्रदेश-२ का ११ सासदले रोजे लोसपा



जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टीका ११ जना सांसदले लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) रोजेका छन् । बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर ११ जना सांसदले सनाखत गरेका हुन् ।

लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरूमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरीनारायण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेका छन् ।

निर्वाचन आयोगले दल रोज्नका लागि जनप्रतिनिधीलाई भदौ २२ गतेसम्मको समय तोकेको छ ।

प्रदेश २ को प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाको तर्फबाट २५ गरी जसपाको कुल ५५ प्रदेशसभा सदस्य थिए । तत्कालीन राजपाकै मुल धारले हाल लोसपा दर्ता गराएको भए पनि राजपाबाट निर्वाचित केही सदस्य भने जसपामै रहने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्