Logo
Logo

कांग्रेसलाई सबल नेतृत्व चाहिएको छ : नेता पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न १४औं महाधिवेशनको सन्दर्भमा एक अपील गरेका छन् । बिहीबार भिडियोमार्फत जारी गरेको अपीलमा सबल नेतृत्वका लागि सानातिना कुरा बिर्सेर अगाडि बढ्न आग्रह गरेका छन् ।

नेता पौडेलले अहिलेको परिवर्तनको रक्षा गर्दै लोकतन्त्रलाई साकार पार्ने दिशामा अघि बढ्न कांग्रेसमा सवल नेतृत्व आवश्यक भएको बताएका छन् । उनले भनेका छन्, ‘ढिलै भएपनि नेपाली कांग्रेसको १४औं महाधिवेशन हाम्रोसामु आएको छ । १८ गतेबाट देशव्यापी रुपमा वडाबाट नै हाम्रो पार्टीको निर्वाचन शुरु हुँदैछ ।’

उनले नेपालको अहिलेको परिवर्तनको रक्षा गर्दै लोकतन्त्रलाई साकार पार्ने दिशामा र नेपाली कांग्रेस जनताको भरोसा बन्ने दिशामा जाने काम गर्नुपर्ने बताएका छन् ।

वरिष्ठ नेता पौडेलले भिडियो सन्देशमा भनेका छन्, ‘हाम्रो पार्टीलाई एउटा सबल नेतृत्व र लोकतन्त्रप्रतिको निष्ठावान नेतृत्वको आवश्यक छ ।’
उनले अगाडि भनेका छन्, ‘हामीले आफ्ना सानातिना निजी कुरालाई बिर्सेर हामीले गर्दै आएको कठिन संघर्षलाई कसरी मुर्त रुप दिने कसरी कांग्रेस पार्टीले सबल नेतृत्व हासिल गर्ने त्यही अनुसार आफ्नो आत्मको पुकार सुनेर निर्णय गर्न सम्पूर्ण साथीहरुलाई अनुरोध गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्