Logo
Logo

संवैधानिक इजलासमा सर्वोच्चले खोज्यो प्रधानन्यायाधीशको उपस्थिति



काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेशका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

संवैधानिक नियुक्तिसँग सम्बन्धित मुद्दा प्रधानन्यायाधीश संलग्न इजलासले गर्न हुने कि नहुने विषय टुंगो नलागेसम्म सुनुवाई रोक्न न्यायाधीश हरि फुयालको इजलासले अन्तरिम आदेश दिएको हो ।

आदेशमा भनिएको छ– ‘हाल संवैधानिक इजलासमा चलिरहेको संविधानको धारा २८४ बमोजिम संवैधानिक परिषदमा सदस्य रहने प्रधानन्यायाधीश उक्त इजलासमा बस्ने वा नबस्ने भन्ने विषय समेतलाई टुंगो गरी संवैधानिक इजलासका सम्बन्धित मुद्दाहरु निर्णय गर्नुपर्ने देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त मुद्दाहरुको सुनुवाई नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरिदिएको छ ।’

यस्ताे छ सर्वाेच्चकाे आदेश

प्रतिक्रिया दिनुहोस्