Logo
Logo

हेटौंडाका २५ निर्वाचित जनप्रतिनिधि एकीकृत समाजवादीमा



हेटौंडा । मकवानपुरमा एमालेबाट निर्वाचित २५ जना स्थानीय तहका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । निर्वाचन आयोगले दल रोज्न दिएको समय सकिन लाग्दा उनीहरुले एकीकृत समाजवादी रोजेका हुन् ।

निर्वाचन कार्यालय बागमतीका अनुसार २५ जनामध्ये १ जना कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तानले एकीकृत समाजवादी रोजेका छन् । यस्तै, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा, मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट र हेटौंडा उपमहानगरपालिका १३ का वडाध्यक्ष मनोजकुमार वाइबा पनि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

हेटौंडाको थाहा नगरपालिका–११ का अध्यक्ष किरणमान बल, ५ का अध्यक्ष विष्णुबहादुर गुरुङ, कैलास गाउँपालिकाका अध्यक्ष मोक्तानसहित एक जना वडाध्यक्षले समेत नेकपा एकीकृतमा सनाखत गरेका छन् ।

नेकपा एमालेमा रहँदा माधव नेपाल पक्षमा खुलेका मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई र इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा भने अहिलेसम्म खुलिसकेका छैनन् । यसबाहेक निर्वाचति प्रतिनिधिसभा सदस्यमध्ये विरोध खतिवडा र प्रदेशसभा सदस्य मुनु सिग्देल दम्पती यसअघि नै नेकपा समाजवादीमा खुलेका छन् ।

प्रतिक्रिया दिनुहोस्