Logo
Logo

पुनर्निर्माणका लागि भारतले दियो ४२० करोड अनुदान



काठमाडौं । सांस्कृतिक सम्पदा परियोजना पुनर्निर्माणका लागि भारतले ४२० करोड अनुदान सहयोग गर्ने भएको छ ।

ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा १०३ वटा स्वास्थ्य परियोजनाका पुनर्निर्माणका लागि भारले उक्त रकम अनुदान सहयोग गर्ने भएको हो ।

सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाईबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव श्री करुण वंशल र आयोजना कार्यान्वयन इकाई परियोजना निर्देशक श्री श्याम किशोर सिंहले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

शिक्षा, सांस्कृतिक सम्पदा, स्वास्थ्य क्षेत्रका लागि ५० मिलियन अमेरिकी डलर र आवास क्षेत्रका लागि १०० मिलियन अमेरिकी डलरका दरले भारतले भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गत कूल २५० मिलियन अमेरिकी डलर विनियोजन गरेको छ ।

भारत सरकारको अनुदान सहयोगमा ७ जिल्लामा ७१ वटा शैक्षिक परियोजना, २८ वटा सांस्कृतिक सम्पदा परियोजनाको निर्माण भइरहेको छ ।

त्यस्तै नेपालका १० जिल्लामा १४७ वटा स्वस्थ्य सुविधा र गोरखा र नुवाकोट जिल्लामा ५०,००० वटा घरहरुको निर्माण भइरहेको छ ।

सबै क्षेत्रमा नेपाल सरकारले गरेको पुनर्निर्माण प्रयासमा हातेमालो गर्न भारतले प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्