Logo
Logo

बामदेवले एमाले छोडेकोदेखि एमसीसीको भ्रम स्पष्ट पार्न अमेरिकालाई परिपत्रसम्म



हेडलाइन्स् :

१. पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ७ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७७३ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ३५७ जनामा र एन्टिजेन विधिबाट गरिएको १४ हजार ३३४ परीक्षणमा १ हजार ७५६ जनामा संक्रमण पुष्टि, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ६७ हजार २७१ पुग्यो, २४ घण्टामा थप २ हजार २७४ जना संक्रमणमुक्त, संक्रमणबाट थप २३ जनाको मृत्यु, हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय ९ पुग्यो ।

२. नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमद्वारा पार्टी परित्याग, पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएको स्वकीय सचिव दीपक टमाटाद्वारा जानकारी, ओलीमा व्यक्तिवादी र स्वेच्छाचारी प्रवृत्ति बढ्दै गएपछि राजीनामा दिएको गौतमको भनाइ, राष्ट्रपति पदलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरुपयोग गरेको गौतमको आरोप ।

३. नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौति, माधव नेपालप्रति लक्षित गर्दै ‘खाली तँ र म’ को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने तर्क, विना विचारधारा, दर्शन र कार्यक्रमविना पाटी फुटाउन नपाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनले त्यस विपरित गएर माधव नेपालहरुले पार्टी फुटाएको आरोप ।

४. नेकपा (माओवादी केन्द्र)द्वारा पार्टीको केन्द्रीय निकायहरुमा पदपूर्तिका लागि सुझाव दिन गिरिराजमणि पोखरेल नेतृत्वको कार्यदललाई जिम्मेवारी दिने निर्णय, स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय निकायहरुको पदपूर्तिका लागि आवश्यक छलफल गरि सुझाव प्रतिवेदन पेश गर्न पोखरेल नेतृत्वको कार्यदललाई जिम्मेवारी दिने निर्णय, पदपूर्तिका लागि ५ दिनभित्र सुझाव प्रतिवेदन पेश गर्न कार्यादेश ।

५.कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शुक्रबार ४१ जिल्लामा वडा अधिवेशन सम्पन्न, केन्द्रीय निर्वाचन समितिका सदस्य एगराज पोखरेलले शुक्रबार साँझसम्म ४१ जिल्लाका सबै वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भइसकेको जानकारी, प्राविधिक कारणवश १५ वटा जिल्लामा अधिवेशन अर्काे मितिमा हुने, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कार्तिक १०, ११ र १२ गते हुने ।

६. अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामा उठेका विवादित विषयबारे स्पष्ट पार्न सरकारद्वारा अमेरिकालाई पत्राचार, पत्रमा एमसीसी अमेरिकाले अघि सारेको ‘इन्डो–प्यासिफिक रणनीति’ अन्तर्गत पर्छ कि पर्दैन, एमसीसी अन्तर्गत नेपालमा सुरक्षा प्रभाव हुन्छ कि हुँदैन, परियोजनाको लेखापरीक्षण नेपालबाट कि अमेरिकाबाट हुने, नेपालको संविधान र कानुनभन्दा माथि यो सम्झौता रहने कि नरहने भन्ने कुरा स्पष्ट पारिदिन अनुरोध ।

७. सेनाको हतियार चोरी प्रकरणमा जेलमा रहेका दुईजना निर्दोष ठहर भएपछि शुक्रबार रिहा, सेनाका अमल्दार लवकुमार गुरूङ र सरोज तामाङमाथि सेनाको एसएमजी हतियार चोरीमा कोर्ट मार्शलद्वारा निर्दाेष भएको फैसला, गत साउन ७ गते चितवनमा सेनाकै जवान गंगाधर ढकालले सहकर्मी भरत गुरुङको हत्या गर्न सोही हतियार प्रयोग गरेको भेटिएपछि हतियार चोरी प्रकणमा ढकाल दोषी ठहर, तीन वर्ष बढुवा रोक्का ।

८. यस साता चार दिन मात्रै खुलेको सेयर बजारले १ सय ६८ अंक गुमायो, उच्चतम बिन्दुबाट २ सय ७२ अंक तल झर्यो, काठमाडौं नजिकै सुक्खा बन्दरगाह तयार, चाँडै संचालनमा ल्याउने तयारी, ‘एनएमबि सरल बचत फण्ड ई’ मा साढे ४६ हजारको आवेदन, प्रभु बैंकको सञ्चालक समितिले अनुमोदन ग¥यो क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने समझदारी पत्र, आइएमई जनरल इन्स्योरेन्स हकप्रद निष्काशनको अनुमति माग्दै बोर्ड पुग्यो ।

९.नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ स्वर्ण विजेता कमल श्रेष्ठले १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जित्न सफल, पारस खड्का कसमस कलेजको ब्राण्ड एम्बेसडर, आफ्ना खेलाडीमाथि भएको दुव्र्यवहारविरुद्ध कडा कदम चाल्न फिफालाई प्रधानमन्त्री जोन्सनको माग, रोनाल्डो फर्किएसँगै युनाइटेडमा जर्सि अभाव शुरु, माग ह्वात्तै बढ्यो !

१०.र, तालिबानका नेता बरादरले सरकारको नेतृत्व गर्ने , तालिबान सरकारलाई बेलायतले मान्यता नदिने, उद्धारका लागि विमानस्थल खुलाउन रावको आग्रह, अमेरिकामा ‘आईडा आँधी’ले ४४ को मृत्यु, जापानका प्रधानमन्त्री सुगाले राजीनामा दिने, न्यूजिल्याण्डमा ६ जनामाथि चक्कुले आक्रमण गर्ने व्यक्ति मारिए ।

प्रतिक्रिया दिनुहोस्