Logo
Logo

किरावि संघले १५ दिने कार्यक्रम गरी मनायो स्थापना दिवस



काठमाडौं । किरात राई विद्यार्थी (किरावि) संघले आफ्नो २३ औं स्थापना दिवस मनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण संघले १५ दिने भर्चुअल प्रशिक्षण मुलक कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको हो । संघले भदौ तीन गतेबाट सुरु गरेको कार्यक्रम आज (शुक्रबार) समापना गरेको छ ।

संघले ‘लोकसेवामा आरक्षणको आवश्यकता र महत्व’, ‘राष्ट्रिय जणगणना २०७८ हाम्रो सवाल’, ‘सेयरमा सुरक्षीत लगानी र उद्यमशिलतामा युवा सहाभागीता’, ‘किरात इतिहासबारे मुन्धुम’, ‘प्रसाशनिक क्षेत्रमा हाम्रो सहभागीता’, ‘रक्तदान तथा दीप प्रज्वलन’लगायतका कार्यक्रम गरेको थियो ।

आदिवासी जनजाति आन्दोलनको उपलब्धीहरू माथि प्रहार हुने क्रम बढेको र फेरि उत्पीडित जाती, समुदायहरु अधिकार बिहिन हुनुपर्ने स्थिती आएकाले खबरदारी र सचेतना मुलक कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष जितेन राईले बताए ।

उनले भने, ‘राज्यलाई समावेशि बनाउन संविधानमै उल्लेख गरिका अधिकारलाई कुन्ठित गर्दै एकल धर्म, एकल भाषा, संस्कृतिको मात्र पक्षपोसन गर्ने नीति अझै पनि कायमै रहेको र सिमित उपलब्धिहरू समेत उल्ट्याउने खतरा बढेको छ । त्यसैले त्यसको खबरदारी गर्न र आदिवासी जनजातिलाई सचेत गराउन अभियानको रुपमा कार्यक्रम आयोजना गरेका हौं ।’

संघले पहिलो दिन ‘लोकसेवामा आरक्षणको आवश्यकता र महत्व’ विषयमा भर्चुअल प्रशिक्षण कार्यक्रम कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा वैज्ञानिक समाजवादीका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ले प्रशिक्षित गरेका थिए ।

उनले राज्यको सबै निकायहरूमा सबै जातिको समानुपातिक उपस्थिति हुनुपर्ने बताए । ‘नेपालमा आदीवासी जनजाति, दलित, महिला, मधेसी, मुस्लिमलगायतका उत्पीडितले समानुपातिक प्रतिनिधित्वको विषय उठाएका हुन्,’ उनले भने, ‘राज्यको सबै निकायहरूमा हाम्रो समानुपातिक उपस्थिति हुनुपर्यो जनसंख्याको आधारमा ।’

एक जातिय र पृत्रिसत्ताक राज्यलाई लोककल्याणरी बनाउनु पर्ने उनले बताए । उनले भने, ‘लामो समयदेखि राज्यको निकायहरूको निणर्यक ठाँउमा पुग्न नदिएका जाति र समुदयालाई पनि त्यहाँ समानुपातिक ढंगले लैजानुपर्यो । समानुपातिक ढंग लगे मात्रै कर्मचारीतन्त्र न्यायपूर्ण हन्छ । सेना, पुलिस, न्याय, राजनीतिक यी सबैमा पनि समानुपाति गर्नुपर्छ । सबै क्षेत्रमा समानुपाति भयो भने मात्रै राज्य एक जातिय र पृत्रिसत्तालाई अलिक लोककल्याणरी बनाउन सकिन्छ ।’

दोस्रो दिन ‘राष्ट्रिय जणगणना २०७८ हाम्रो सवाल’ कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा किरात राई यायोक्खामा महासचिव जनक राई र किरात प्रज्ञा परिषदका कुलपती जयकुमार राईले प्रशिक्षित गरेका थिए ।

‘सेयरमा सुरक्षीत लगानी र उद्यमशिलतामा युवा सहाभागीता’ भर्चुअल कार्यक्रममा सगरमाथा मर्चेन्ट बैंकका पूर्व सिइओ मन बाहिङ राई र उद्दमी, लगानी कर्ता तथा इण्डिजेनियस च्याम्वर अफ कमर्सका अध्यक्ष तेज बहादुर राईले प्रशिक्षण दिएका थिए ।

‘किरात इतिहासबारे मुन्धुम’ कार्यक्रमलाई मुन्धुम अध्येता भोगिराज चाम्लिङ र ‘प्रसाशनिक क्षेत्रमा हाम्रो सहभागीता’ कार्यक्रमलाई उपसचिव खिलराज राईले प्रशिक्षित गरेका थिए ।

त्यस्तै संघले हिजो (बिहीबार) संस्थापक अध्यक्ष नविन राईको सम्झनामा ‘रक्तदान तथा दीप प्रज्वलन’ कार्यक्रममा गरेका थियो । राईलाई तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा वेपत्ता पारिएको थियो ।

राई अझै पनि वेपत्ता पारिएको सूची समावेश छन् । संघले उनको खोजिको माग गर्दै आएको छ । उनको खोजिको लागि संघले वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा उजुरी समेत दिएको छ ।

कार्यक्रममा विद्यार्थी तथा नागरिक समाजका विभिन्न व्यक्तिहरुले रक्तदान गर्नुको साथै दीप प्रज्वलल गरेका थिए ।

कार्यक्रममा आदीवासी महांघका महासचिव गोविन्द छन्त्याल, पत्रकार तथा नागरिक अभियन्त नारायण वक्ले, भाषाविद् डा तारामणि राई, संघका पूर्वअध्यक्ष विर्सिका राई, पूर्वमहासविच डेकेन्द्र कुमार राईलगायतका सहभागी रहेको थियो ।

संघले आज (शुक्रबार) जुममार्फत शुभकामना अदनप्रदान गरेका थियो । कार्यक्रममा किरात राई यायोक्खाका अध्यक्ष दिवस राई, संघका संस्थापक सदस्य, पूर्वअध्यक्षहरुको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्