Logo
Logo

गाउँपालिकाका उप-प्रमुखले त्यागे काँग्रेस



काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिकाका उप-प्रमुख विनु वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गरेकी छन् ।

गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट गोरखा जिल्ला भीमसेन थापा गाउँपालिकाबाट उप-प्रमुख बनेकी वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।

उनले लेखेकी छिन्- ‘आजबाट नेपाली काँग्रेस परित्याग गरी स्वतन्त्र भएको घोषणा गरेको छु।’ नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन नजिकिदै गर्दा शुक्रबार देशैभर वडा पार्टी स्तरीय अधिवेशन भएको थियो । जस अनुरूप गोरखाको भीमसेन थापा गाउँपालिका-१ मसेलमा पनि बिहीबार वडा स्तरीय अधिवेशन भएको हो ।

विभिन्न विवाद बीच भएको अधिवेशन समाप्त भएको केही समय बित्न नपाउँदै उप(प्रमुख वाग्लेले सामाजिक सञ्जाल मार्फत पार्टी छाडेको घोषणा गरेकी हुन्। यद्यपि उनले पार्टी छाड्नुको कारण खुलाइएकी छैनन् ।

वाग्ले गत स्थानीय निर्वाचनमा गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिकाबाट माओवादी केन्द्रका उम्मेदवार लीला श्रेष्ठलाई करिब ९ सय मतले पराजित गरी विजय भएकी थिइन् । भीमसेन थापा गाउँपालिका \-१ मसेलमा ३ सय ३७ जना नेपाली काँग्रेसका क्रियाशील सदस्यहरू छन्। जस अनुसार अल्पसङ्ख्यक र मुस्लिम सहित २८ जना केन्द्रीय प्रतिनिधिमा छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्