Logo
Logo

काठमाडौं विमानस्थलबाट कसरी बाहिरियो चार किलो सुन ?




काठमाडौं । शुक्रबार नेपालगञ्ज विमानस्थलमा तस्करीको चार किलो सुन बरामद भएपछि काठमाडौंस्थित विमानस्थलको सुरक्षामा प्रश्न उठेको छ । त्यतीधेरै सुन काठमाडौं विमानस्थलका सुरक्षाकर्मीले पत्ता लगाउन सकेनन् ।


सुराकीको आधारमा बाँके प्रहरीले दुई युवकलाई चार किलो २१ ग्राम सुनसहित पक्राउ गरेको हो । उनीहरुले जुत्ताभित्र सुनको बिस्कुट लुकाएका थिए । एक उच्च प्रहरी अधिकारीलाई आएको सूचनाका आधारमा उनीहरु पक्राउ परेका थिए । काठमाडौंको विमानस्थलमा चेकिङमा संलग्न प्रहरीले त्यो किन पत्ता लगाउन सकेनन् भन्ने प्रश्न उठेको छ । जसमा विमानस्थल प्रहरीले छानबिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्