Logo
Logo

सुदूरपश्चिममा एमालेभन्दा एकीकृत समाजवादी ठूलो



काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप तीन सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारालाल तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

यससँगै प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ । यसअघि १० जनाले एकीकृत समाजवादी रोजेको थिए ।

थप तीन जनाले एकीकृत समाजवादी रोजेसँगै नेकपा एमाले भन्दा ठूलो दल बनेको छ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशमा सभामुख बाहेक २४ सिट रहेको थियो। १३ जना समाजवादीमा गएपछि एमालेमै रहने सांसद ११ जना मात्रै रहेका छन्।

यसअघि एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गर्नेहरुमा हाल मन्त्री रहेकाहरु पूर्णा जोशी, लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्व मन्त्री माया भट्ट, सांसदहरु सुशिला बुढाथोकी, कूलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारी रहेका थएि ।

प्रतिक्रिया दिनुहोस्