Logo
Logo

भीम रावल प्रवृति हरियाे घाँसभित्रको हरियो सर्पजस्तै : दिपेश पुन



अछाम । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले नेकपा एमाले उपाध्यक्ष भीम रावल हरियो घाँसभित्रको हरियाे सर्पजस्तो भएको टिप्पणी गरेका छन् ।

अखिल क्रान्तिकारी अछामको १४औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अपाध्यक्ष पुनले रावल प्रवृति हरियाे घाँसभित्रको हरियो सर्पको जस्तै भएकाले सबै सचेत हुनुपर्ने बताए । उनले वामआन्दोलनमा रावल केशरजंग रायमाझीभन्दा पनि खतरनाक भएको टिप्पणी गरे ।

माओवादी र एमाले एकीकरण भएदेखि नै रवालले नेकपा फुटाउन शीर्ष नेताहरुलाई उचाल्ने र पछार्ने काम गरेको आरोप लागउँदै पुनले रावललाई वाम गद्दारको संज्ञा दिए ।

उनले संविधानमा मौलिक हकको रुपमा लेखिएको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी लागि शसक्त संघर्षको गर्नेपर्नु समेत बताए । विभेदपूर्ण शिक्षाको अन्त्य गर्दै समान शिक्षा प्रणाली लागू गर्न नयाँ कार्यक्रम लिएर संगठन अघि बढ्को दाबी गरे ।

पुनले संगठन विधि र पद्धतिमा चल्ने बताउँदै वरिष्ठता, योग्यता, क्षमता, सक्रियता र निरन्तरताका आधारमा संगठनले जिम्मेवारी दिने बताए । संगठनको काम छोडेर नेताहरुको आशिर्वादको पछि लागेर मात्र नेता हुन्छु भन्ने सपना नदेख्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्