Logo
Logo

राजनीतिक दलले चन्दा असुल्छन्, हिसाबमा देखाउँदैनन्



काठमाडौं । राजनीतिक दलको मुख्य आम्दानीको स्रोत के हो रु प्रस्ट छ– विभिन्न व्यक्ति र संस्थाले दिने चन्दा । तर, केही वर्षयता प्रमुख राजनीतिक दलको हिसाब हेर्ने हो भने उनीहरूले चन्दा र सहयोग खासै देखाएका छैनन् ।

अधिकांश दलको लेखा परीक्षण प्रतिवेदनमा चन्दा र सहयोग भन्ने अनुसूचीमा कतैबाट लिएको देखाइएको छैन । जबकि राजनीतिक दललाई चन्दा दिएको उद्योगपति, व्यापारीले सार्वजनिक मञ्चमै बताउने गरेका छन् ।

२०७५ जेठमा एमाले र माओवादीबीच एकता भएर बनेको तत्कालीन नेकपाको दुई वर्षको कागजी हिसाब हेर्ने हो भने कतैबाट चन्दा लिएको देखिँदैन । गत फागुनमा सर्वोच्च अदालतको आदेशले दुई पार्टी पूर्वावस्थामा फर्कनुअघि तीन वर्षभन्दा बढी अवधि नेकपा सबैभन्दा ठूलो दलका रूपमा कायमरह्यो । नेकपासहित अन्य दलले दुईवटा आर्थिक वर्षमा गरेका कारोबारलाई कान्तिपुरले केलाउने प्रयास गरेको छ ।

नेकपाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा चन्दा र सहयोग खासै देखाएको छैन । २०७५/७६ मा संस्थागत सहयोग भन्दै जम्मा १८ लाख ७६ हजार रुपैयाँ उठाएको छ भने २०७६/७७ मा चन्दा र सहयोग शून्य देखाएको छ ।

चन्दाबिनै चलेको अर्को पार्टी हो– जसपा । उसले २०७६/७७ मा कतैबाट पनि चन्दा लिएको देखिँदैन । २०७५/७६ मा भने २६ लाख ८६ हजार ५ सय २० रुपैयाँ चन्दारसहयोग लिएको देखिन्छ । त्यसमध्ये व्यक्तिगत रूपमा २ लाख, संस्थागत (नेफेसो) बाट १ लाख ५१ हजार २० रुपैयाँ र अन्यबाट २३ लाख ३५ हजार ५ सय रुपैयाँ उठाएको छ ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्