Logo
Logo

एमसीसी पास गराएरै छाड्ने देउवाको तयारीदेखि पास नहुने प्रचण्डको दावीसम्म



१. पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २ हजार ७२ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किए, पछिल्लो २४ घण्टामा २१ जनाको कोरोनाबाट निधन हुँदा मृतकको कुल संख्या मंगलबारसम्म १० हजार ८ सय ७९ पुग्यो, हाल देशभर ३० हजार ३०३ जना सक्रिय संक्रमित, सक्रिय संक्रमितमध्ये १ सय ५४ जनाको भेन्टिलेटर र ५ सय १४ जनाको आईसीयूमा उपचार हुँदै ।

२. माधवकुमार नेपालसहित १४ संघीय सांसद र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने मागसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा दुवै पक्षलाई सर्वोच्च अदालतले छलफलका लागि बोलायो, सर्वोच्चले बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेशमा उल्लेख, एकीकृत समाजावदीको दर्ता गैरकानूनी भएको भन्दै बदर गर्न मागसहित निर्वाचन आयोग विरुद्धको रिटमा लिखित जवाफ माग ।

३. अमेरिकाले सकारात्मक जवाफ नदिए मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घोषणा, सरकारले एमसीसीबारे उठेका प्रश्नहरू समेटेर अमेरिकालाई कूटनीतिक नोट पठाएको र त्यसको सकारात्मक जवाफ नआए पारित नहुने दावी, अहिलेको शासन प्रणालीमाथि प्रश्न उठिरहेकाले माओवादीको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनसँगै पार्टीले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आउने भएकाले त्यसका लागि तयार रहेर बस्न आग्रह ।

४. पार्टी ०७५ जेठ २ को अवस्थामा जस्ताको तस्तै नफर्किने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ, १० बुँदे पनि समस्या खडा गर्न नभई समस्या समाधान गर्नका लागि गरिएको दावी, पुरानो पार्टी कांग्रेसले एमालेसँग चुनाव लड्न आँट नगरिरहेको भए पनि भर्खरैको माधव नेपालको पार्टीले आफूहरूसँग मुकाबिला गर्ने सपना देखेको भन्दै ओलीको व्यंग्य ।

५. एमसीसीका सन्दर्भमा बुझेर मात्रै बोल्न कांग्रेस सभापति शेरबहादुर देउवाको सांसदलाई निर्देशन, बुझेकाले मात्रै बोल्न सुझाव, बुधबारबाट सुरु हुने संघीय संसदको बैठकमा सांदलाई अनिवार्य उपस्थिति जनाउन ह्वीप जारी, बुधबारको बैठकमा सरकारले भारतलाई पठाएको कुटनीतिक नोटका विषयमा जानकारी गराउने, राजनीतिक दल, नागरिकतासम्बन्धी अध्यादेश पेस गर्ने सरकारको तयारी ।

६. सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयका राज्यमन्त्री अर्चना गहतराजले दिए पदबाट राजीनामा, माधव नेपाल समूहमा खुलेका दुवै नेताले एमाले विभाजनको भागेदार नबन्ने भन्दै पदबाट राजीनामा दिएको नेताहरूको भनाइ, २५ प्रदेशसभा सदस्य रहेको एमालेबाट समाजवादीमा १४ जना प्रदेशसभा सदस्यले सनाखत ।

७. दार्चुला तुइन घटनाको विरोध गर्नेहरूप्रति सरकारले लगाउन खोजेको अंकुशप्रति राष्ट्रिय मानव अधिकार आयोगले जनायो आपत्ति, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार सम्मान गर्न सरकारको ध्यानाकर्षण, संविधान तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको परिधिभित्र रहेर गरिने विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै यस्ता कार्यमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा रोक लगाउने गरी कुनै पनि सूचना, विज्ञप्ति तथा गतिविधि नगर्न, नगराउन आयोगद्वारा सरकारलाई सुझाव ।

८. नेप्से साढे १ प्रतिशत घट्दा कारोबार रकम साढे ७ अर्बमा सीमित, बजार ४४ अंकले झर्दा पनि २६ कम्पनीको सेयर मूल्य बढ्यो, राष्ट्र बैंकको अडानले बजार घटेको आरोप, तेह्रथुम पावरको आईपीओ शुक्रबार बाँडफाँट हुने, करिब साढे ७४ हजारले मात्रै शेयर पाउने, युनिलिभर नेपालको लाभांश घोषणा, बीमाबारे जनचेतना जगाउन बीमा समितिले एक करोड छुट्ट्यायो, चालु बर्षमा एक सय ठाउँमा पुग्ने ।

९.पपुवान्युगिनी (पीएनजी)विरुद्धको मैत्रीपूर्ण एक दिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी, हारको संघारमा पुगेका नेपाललाई ब्याट्सम्यान रोहित पौडेल र सोमपाल कामीले उत्कृष्ट साझेदारी गरेपछि जीत दर्ता, नेपाल र पीएनजीबीचको दोस्रो खेल शुक्रबार हुने, राष्ट्रिय ’ए’ डिभिजन फुटसल लिग प्रतियोगिताको खेल तालिका सार्वजनिक, लिग असोज २ गतेदेखि असोज २२ गतेसम्म आयोजना हुने, नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन ओलम्पिक वरीयताको पाँचौं स्थानमा उक्लिइन्, ब्राजिलियन फुटबल लिजेण्ड पेले अस्पताल भर्ना भएको खुलासा ।

१०.र, काबुलमा विरोध प्रदर्शनको तस्बिर खिचिरहेका पत्रकारलाई तालिबानले गिरफ्तार ग¥यो, तालिवानले कब्जा गरेको भनिएको पञ्जशीरमा लडाइँ जारी, अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले गोली प्रहार गरी ४ जनाको हत्या, लकडाउन खुकुलो भएसँगै बेलायतमा कोरोना संक्रमण दर फेरी बढ्यो, भारतमा घट्दै, दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति याकोब जुमा जेलमुक्त, म्यान्मारको सैन्य सरकारले विवादित बौद्ध भिक्षु असिन विराथु रिहा ।

प्रतिक्रिया दिनुहोस्