Logo
Logo

कार्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना



काठमाडौं । सरकारले २५ कात्तिकदेखि राष्ट्रिय जनगणना सुरु गर्ने भएको छ । केन्द्रीय तथ्यांक विभागले ९ मंसिरसम्म गणना चल्ने बताएको छ ।

प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यसअघि जेठ २५ देखि असार ८ गतेसम्ममा सक्ने बताइएपनि कोभिड–१९ महामारीका कारण कार्यक्रम स्थगन गरिएको थियो । स्थगन भएको जनगणना मन्त्रीपरिषद्को निर्णयसँगै पुनः सुरु हुने भएको हो ।

जनगणनामा नेपालको घर, परिवार तथा व्यक्तिहरूको निश्चित अवधिमा निश्चित विधि अपनाई पूर्णरुपमा गणना गर्नुपर्ने हुन्छ । यसपटकको जनगणनामा ३९ हजार गणक तथा ८ हजार सुपरीवेक्षक अनुमानित ७० लाख परिवार तथा ३ करोड जनसंख्याको गणना १५ दिनको अवधिमा सम्पन्न गर्ने लक्ष्इ लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्