Logo
Logo

एमसीसीको विरोधमा प्रदर्शन



काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

बुधबार संसद बैठक बस्ने तयारी भइरहँदा स्वतन्त्र युवा अभियन्ताहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । कालो बस्त्र लगाएका युवाहरुको समूहले एमसीसी खारेज गर्नुपर्ने माग गर्दै नारावाजी सहित मार्चपास गरेका छन् ।

काठमाडौँका विभिन्न स्थानमा यसअघि देखि नै एमसीसीको विरोधमा प्रदर्शन हुँदैआएको छ । सरकारले भने हिंसात्मक गतिविधि नहोस् भनेर माइतीघर, बानेश्वर लगायत स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

बुधबार ४ बजे संसद बैठक बस्दैछ । संसदमा बिचाराधीन मुद्दाको रुपमा रहेको एमसीसीलाई अनुमोदन गर्नुपर्ने र अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दलहरु पक्ष र विपक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्