Logo
Logo

दनुवार गाउँमा पहिरो



लगातारको वर्षाले मेलम्ची–११ दनुवार गाउँमा गएको पहिरो । तस्बिरः देवराज सुवेदी/रासस

सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका– ११ दनुवार गाउँका छेउमा पहिरो गएको छ ।

पहिरो खानीगाउँ ,घटेर टोलसम्म गएको र अझै झरिरहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिए । पहिरो विस्तारै बस्तीतिर छिर्ने डरमा रातभरि सुत्न नसकेको उनले जानकारी दिए ।

उनले पहिरो रोक्नका लागि प्रयास गरिदिन स्थानीय तह लाई आग्रह गरे । पहिरो बढ्दै जाँदा घटेर टोल जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।

रु ६२ लाख हिनामिना गरी फरार व्यक्ति पक्राउ
सहकारीमार्फत रु ६२ लाखभन्दा बढी हिनामिना गरेर फरार भएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रकाश श्रेष्ठ छन् ।

उनी चौतारा साँगाचोकमा रहेको दीपसिन्धु बचत तथा ऋण सहकारी संस्थामा ६७ जनाबाट सङ्कलित सो रकम अपचलन गरी विसं २०७५ वैशाख १गते फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले फरार अभियुक्त श्रेष्ठलाई बुधबार काभ्रेबाट पक्राउ गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्