Logo
Logo

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाद्वारा बोलिभिया पराजित



काठमाडौं । अर्जेन्टिनाले विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा बोलिभियालाई पराजित गरेको छ । कप्तान लिओनल मेसीले ह्याट्रिक अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको हो ।

शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-०ले हराएको हो । खेलको १४ औं मिनेटमै गोल गर्दै अग्रता दिलाएका मेसीले दोस्रो हाफमा दुई गोल गरे । उनले ६४ औँ मिनेटमा दोस्रो गोल गरेका थिए भने ८८ औँ मिनेटमा तस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।

मेसी ह्याट्रिकपछि दक्षिण अमेरिकी महादेशबाट अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । त्यसका लागि उनले ब्राजिलका पेलेलाई पछि पारेका छन् । मेसीले अर्जेन्टिनाका लागि ७९ गोल गरेका छन् ।पेलेले ब्राजिलका लागि ७७ गोल गरेका छन् ।

जितपछि छनोटमा अर्जेन्टिना ८ खेलमा १८ अंकसहित दोस्रो स्थानमै छ । बोलिभिया ९ खेलबाट ६ अंकका साथ नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्