Logo
Logo

विष खानु र एमसीसी पास गर्नु उस्तै हो : प्रेम सुवाल



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी अधिकारीकाे सयथरी कुरामा फस्न नहुने बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको विषेश समयमा बोल्दै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अमेरिकाले सयथरी कुरा गरेर नेपाललाई झुक्याइरहेको बताए ।

‘अमेरिकी साम्रज्यावाले सबैलाई दुःख दिने कुरा संसारका सबै जनतालाई थाहा भइसकेको विषय हो । यो यर्थाथ नेपाली जनातले पनि बुझिसकेका छन्,’ उनले भने, ‘अब कसै पनि दुविधामा पर्न आवश्यक छैन । विष भन्ने थाहा पाइपाइ खाए के हुन्छ ? एमसीसी पनि त्यस्तै हो । अमेरिकी अधिकारीहरुले सय थरी कुरा गर्दै छन् । हामी उनीहरुको सय थरी कुरा फस्नु हुँदैन ।’

एमाले अवरोधकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेशमाथि विरोधको सूचना दर्ता गराएका प्रेम सुवाललाई सभामुखले समय दिएका थिए ।
तर उनले प्रमुख प्रतिपक्षी दलले बिरोध गरिरहेको भन्दै विरोधको सूचनाबारे भन्दा पनि एमसीसीका बारेमा आफ्ना भनाइ राखे ।

प्रतिक्रिया दिनुहोस्