Logo
Logo

कोरोना उपयोगी औषधि नेपालमै



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा संशोधित बजेटमा बोल्दै कोरोनाको खोप किन्न थप पाँच अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

कोरोना उपचारको औषधि अहिलेसम्म पत्ता लाग्न नसकेका कारण विश्वभरका देशले आफ्ना नागरिकका लागि खोप उपलब्ध गराएको छ ।

तर, नेपालमा भने कल्पसनद पद्धतिद्वारा उत्पादित ‘टरमरी गोल्ड’ नामक आयुर्वेद औषधि कोरोना बिरामीका लागि उपयोगी देखिएको छ ।

हाल सिंहदरबार वैद्यखानामा ‘लक’ गरेर राखिएको ‘टरमरी गोल्ड’को सेवनले कोरोना संक्रमित बिरामी निको भएका छन् । यो औषधिको सेवनले कोरोनाबाट प्रभावित र त्यसबाट उत्पन्न ‘ब्ल्याक फङ्गस’ (कालो ढुसी) पनि निको भएको छ ।

कोरोना खोपमा अर्बौ रुपैयाँ खर्च गर्ने सरकारको ध्यान कल्पसनद पद्धतिबाट निर्मित ‘टरमरी गोल्ड’मा जान सक्यो भने यसबाट कोरोना बिरामीका लागि आयात गरिने खोप र अन्य औषधिको अर्बौ रुपैयाँ जोगिन सक्छ । ‘टरमरी गोल्ड’को विषयमा नेपाल सरकारले थप अनुसन्धान गरेर यसको उत्पादनमा ध्यान दिन सक्यो भने यो औषधिको निर्यातबाट अर्बौ डलर कमाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्