Logo
Logo

एकीकृत समाजवादी कैलालीको अध्यक्षमा दीर्घ सोडारी



धनगढी । नेकपा एमालेमा हुँदा माधव कुमार नेपाल पक्षधरले गठन गरेको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।

दीर्घ सोडारीको नेतृत्वमा रहेको कैलाली समानान्तर जिल्ला कमिटी एकीकृत समाजवादीमा समाहित भएको हो । सोडारी अध्यक्ष रहेको १ सय ५१ सदस्यीय कमिटी गठन भएको छ । सोडारीसंगै निर्वाचित उपाध्यक्ष, सचिव र उपसचिव भने एमालेमै छन् ।

९६ सदस्यीय कमिटीका ५८ जना एकीकृत समाजवादीमा गोलवद्ध भएको बताइएको छ ।

यसैबीच शुक्रबार नै नेकपा एकीकृत समाजवादी को प्रथम बैठक धनगढीमा बसेको छ । केन्द्रीय सदस्य माया भट्टको प्रमुख आथित्यतामा भएको बैठकमा नेता दिनेश चन्द्र सुवेदी, हनुमान चौधरी, तत्कालीन एमालेका प्रदेश कमिटी सदस्य लक्ष्मण कुँवर, कलावती जोशी, हिक्मत कुँवर लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्