Logo
Logo

सरकारले संशोधित बजेट ल्याएकोदेखि राष्ट्रिय सहमतिमा एमसीसी अघि बढ्ने प्रधानमन्त्रीको भनाइसम्म



हेडलाइन्स् :

१. ओली सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्न बनेको विधेयक अर्थमन्त्री जनार्दन शर्माद्वारा संसदमा प्रस्तुत, चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट पेस, आर्थिक वृद्धिदर ७ प्रतिशत, मूल्य वृद्धिदर ६.५ प्रतिशत बढ्ने अनुमान, कर्णालीका गरिबका लागि ३ महिने कार्यक्रम, रोजगारी गुमाएका पाँच लाख परिवारलाई सरकारले राहत दिने, कोभिड–१९ विरुद्धको खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ विनियोजन, स्पाइनल कर्ड इन्जुरी भएर ह्विलचियर प्रयोग गर्नेहरूलाई मासिक पाँच हजार भत्ता दिइने, बिरामीलाई मासिक खर्चदेखि कोभिड प्रभावित व्यवसाय पुनरुत्थान राहतसम्म दिने उल्लेख ।

Janardan Sharma Prabhakar

२. चार दिने भ्रमणका लागि नेपालमा रहेको एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीद्वारा प्रधानमन्त्रीसँग शिष्टाचार भेट, एमसीसी सम्झौताको विषयमा चासो व्यक्त, राष्ट्रिय सहमति कायम गरेर एमसीसीलाई अघि बढाउने सरकारको योजना रहेको प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा एमसीसी उपाध्यक्षलाई जवाफ, एमसीसी सम्झौताको कार्यान्वयनबाट नेपालको सम्भावित आर्थिक सम्भाव्यताबारे समेत छलफल ।

३. सत्तारुढ पाँच दलीय गठबन्धनबीच बालुवाटारमा छलफल, एमसीसी सम्झौता, मन्त्रिपरिषद विस्तार र संसद सञ्चालनको विषयमा छलफल, मन्त्रिपरिषदलाई चाँँडै पूर्णता दिनेमा दलहरू सहमत, बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा, महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसबाट अध्यक्ष माधवकुमार नेपाल, नेताहरु विरोध खतिवडा र राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत नेताहरु सहभागी ।

४. प्रतिनिधिसभामा संसद बैठक अवरुद्ध गर्न खोज्ने क्रममा एमाले सांसदद्वारा अमर्यादित हर्कत प्रस्तुत, एमाले सांसद रेखाकुमारी झाले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक झिकेर रोस्ट्रमतर्फ हान्ने कोसिस, संसद् भवनमा भएको घम्साघम्सीमा सत्ता पक्षको पहिलो लहरको टेबल भाँचियो, संसदमा सभामुख र अर्थमन्त्रीको टाउको फुटाउन खोजेको सांसद झाको गैरजिम्मेवार प्रतिक्रिया

५. सर्वोच्च अदालतद्वारा नदीबाट बालुवा, रोडा, गिट्टी तथा ढुंगा उत्खनन्का लागि छुट्टै ऐन बनाउन सरकारलाई आदेश, नदीजन्य सामग्रीको उत्खनन् सम्बन्धी उद्योगहरूको नियिमन निर्देशिकामार्फत् गर्नुभन्दा ‘त्यससम्बन्धी सबै समस्या र विषयवस्तु समेट्ने एउटै ऐन निर्माण गरेर संचालन गर्नु उपयुक्त हुने’ आदेशमा उल्लेख ।

६. कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबारका लागि तोकिएको पालिका तहको अधिवेशन सर्याे, केन्द्रीय निर्वाचन समितिले पालिकासहित जिल्ला तहसम्मको अधिवेशनको कार्यतालिकामै हेरफेर, सदस्यताको विवादका कारण वडा तहको अधिवेशन प्रभावित भएपछि कांग्रेसले पुनः कार्यतालिकामै संशोधन गरेको महामन्त्री पूर्णबहादुर खड्काको भनाइ, अब क्रियाशील सदस्यताको विवाद मिल्न बाँकी जिल्लामा सदस्यताको विवाद समाधान गरी ५ असोजमा वडा अधिवेशन हुने, २ असोजमा प्रदेश सभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन हुने ।

७. सरकारी तथा सार्वजनिक संस्थानका पदाधिकारी नियुक्तिको मापदण्ड बनाउन सर्वोच्च अदालतले सरकारको नाममा आदेश जारी, आवश्यक कानुनी प्रावधान निर्माण नभएसम्म तत्काल नियुक्ति वा मनोनयन गर्दा न्यूनतम् स्नातक उपाधि हासिल गरी सम्बन्धित बिषयमा कम्तिमा १० वर्षको कार्य अनुभव भएका उपलब्ध व्यक्तिहरू मध्ये विषय विज्ञलाई खुला र पारदर्शी प्रतिस्पर्धीको आधारमा मात्र नियुक्ति गर्न आदेशमा उल्लेख, नेपाल आयल निगमको सञ्चालक समितिका विज्ञ सदस्य सहदेव बोगटीको योग्यता नपुगेको भन्दै उनको नियुक्तिसम्बन्धी निर्णय बदर गर्न आदेश ।

८.बजेटको आकार १५ अर्ब रुपैयाँले घटाएर आर्थिक वृद्धि लक्ष्य बढाइयो, सात प्रतिशतको लक्ष्य निर्धारण, ऋणको भार ३७ अर्ब रुपैयाँले घटाए पनि राजस्वको भार २६ अर्ब रुपैयाँले बढाए अर्थमन्त्रीले,तेह्रथुम पावरको आईपीओ बाँडफाँट, ७४ हजार ४ सय जनाले पाए १० कित्ता शेयर, नेपाल पुनर्बीमा कम्पनीले अन्तर्राष्ट्रिय व्यवसाय भित्राउन २६ ब्रोकरको छनौट ।

९. रोहित चम्कँदा नेपालद्वारा पपुवान्यूगिनी सामु २ सय ३४ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत, नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबार कतारको दोहा प्रस्थान, मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा नेपाली टिमले कतारमा विशेष प्रशिक्षण गर्ने, म्यान्चेस्टर युनाइटेडसँग अनुबन्ध भएका क्रिस्ट्यानो रोनाल्डोले शनिवार न्यूक्यासलविरुद्ध हुने खेलमा सहभागी हुने, ला लिगाको चौथो चरणका खेलहरु शनिबारदेखि, बार्सिलोनालाई कमजोर नठान्न अगुइरोको चेतावनी ।

१०.र, तालिवानले राष्ट्रसंघका कर्मचारीलाई दुर्व्यवहार गरेकोमा राष्ट्रसंघको आपत्ति, अफगानिस्तानमा खाद्यान्नको उच्च मूल्य, तालिबानको अन्तरिम सरकार गठनबारे साउदी अरबको प्रतिक्रिया, हिंसा त्याग्ने विश्वास, अ¥यो अमेरिककी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति जिनपिङबीच टेलिफोन वार्ता, आफ्ना कर्मचारीलाई कोरोनाविरुद्धको अभियन सञ्चालन गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा ।

प्रतिक्रिया दिनुहोस्