Logo
Logo

संखुवासभा हत्याकाण्ड : मृतकका भतिज पक्राउ



संखुवासभा । संखुवासभा मादी हत्या काण्डका एक आरोपी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी–१ उम्लिङका लोकबहादुर कार्की रहेका छन् । २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की नाताले काका भतिज पर्ने प्रहरीले जनाएको छ ।

भदौ २१ गते सोमबार बिहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

कार्कीले सुरूमा तेजबहादुरलाई प्रहार गरेको र त्यसपछि क्रमशः पालैपालो अरूलाई प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ । शव फरक–फरक चार स्थानमा फेला परेको थियो ।

संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले हत्या अनुसन्धान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्