Logo
Logo

संसदमा आफ्नो भूमिकाबारे रणनीति बनाउन एमालेले दलको बैठक बोलायो



काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज दिउँसो १२ बजे बस्दै छ । संसदमा कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा छलफल गर्न एमालेले दलको बैठक बोलाएको हो ।

सदनमा एमालेको प्रस्तुतिलाई लिएर आलोचना भइरहेको बेला एमालेले सतापक्षको भूमिका र आफ्नो प्रस्तुतिबारे छलफल गर्न दलको बैठक बोलाएको हो । सदनमा एमालेका सांसदहरुको भूमिकालाई थप स्पष्ट गर्न बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले निरन्तर प्रर्दशन गर्दै आएको छ भने सभामुख सापकोटाले पनि सदनको कारबाहीलाई अगाडि बढाइरहेका छन् । शुक्रबार मात्रै एमालेको अवरोधबीच बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरी प्रतिस्थापन विधेयक प्रस्तुत गरिएको थियो ।

त्यसरी नै राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक लगायतका कारबाही अगाडि बढाउने सत्तारुढ दलको तयारी रहेको छ । आज बस्ने एमाले दलको बैठकले गर्ने निर्णयमा सदनको अवस्था कस्तो रहने प्रष्ट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्