Logo
Logo

क्रान्तिकारी कम्युनिष्टहरुका आर्दश गोन्जालोको निधन



काठमाडौं । विश्व कम्युनिष्ट आन्दोलनका आर्दश तथा पेरु क्रान्तिका नेता गोन्जालोको जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा निधन भएको छ ।

आतंक फैलाएको आरोपमा उनलाई सरकारले सन् १९९२ आजीवन कारावासको सजाय सुनाएको थियो । सोही समयदेखि जेलमा रहेका गोन्जालोको जेलमै निधन भएको हो ।

वास्तविक नाम अबिमेल गुजम्यान रहेका विश्वभरका कम्युनिष्ट क्रान्तिकारीका प्रेरणाका स्रोत गोन्जालो दार्शनिक नेता हुन् । उनको जन्म सन् १९३४ मा पेरुको मोलेन्डो शहरमा भएको थियो ।

सन् १९९० को दशकमा पेरु कम्युनिष्ट पार्टीका अध्यक्ष गोन्जालोको नेतृत्वमा सशस्त्र जनयुद्ध सुरु भएको थियो । गाउँदेखि शहर घेर्ने रणनीति अन्तर्गत सो क्रान्तिले पेरुका अधिकांश गाउँ र केही मुख्य शहरहरुमा कब्जा गरेको थियो ।

यसैक्रममा सन् १९९२ सेप्टेम्बर १२ तारिखका दिन राजधानी लिमा शहरको एक घरबाट गोन्जालो पक्राउ परेका थिए । उनलाई सैनिक जेलमा थुनेर आजीवन काराबासको सजाय सुनाइएको थियो ।

गोन्जालो पक्राउ परेपछि सन् १९८१ बाट सुरु भएको पेरु कम्युनिष्ट क्रान्तिले गम्भीर धक्का खायो । सन् १९९५ सम्म केन्द्रीय सत्ता कब्जा गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गरिसक्ने योजना सफल हुन सकेन । यसै क्रममा गोन्जालोको निधन भयो ।

प्रतिक्रिया दिनुहोस्