Logo
Logo

विपीमा चिकित्सक र कर्मचारीलाई आन्दोलन रोक्न मन्त्रालयको आग्रह



सुनसरी । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी चिकित्सक तथा कर्मचारीहरुको आन्दोलन फिर्ता लिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले आन्दोलनको क्रममा उठाइएका मागहरू पूरा हुने प्रक्रियामा रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको हो ।

पदाधिकारीको कारबाहीका लागि २५ प्रतिशत सिनेटरको हस्ताक्षरमा कुलपतिसमक्ष प्रतिवेदन पेस गरिसकिएकोले छानविन गरी प्रक्रिया अघि बढाइने, चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्ने प्रयास गरिने मन्त्रालयले आश्वस्त पारेको छ ।

उच्चस्तरीय छानविन आयोग सिनेट बैठकबाट नै गठन गरिने मन्त्रालयले जनाएको छ । त्यसका लागि आवश्यक परामर्श र समन्वय गरी उचित निर्णय गरिने मन्त्रालयको भनाइ छ ।

अवरुद्ध गरिएका सेवाहरू नियमित गर्न मन्त्रालयले आग्रह गरेको छ । विपी प्रतिष्ठानका कर्मचारी तथा चिकित्सक शुद्धीकरणको माग राखेर ३ महिनादेखि आन्दोलनरत छन् ।

प्रतिक्रिया दिनुहोस्