Logo
Logo

सभामुखले सर्वदलीय बैठक बोलाएकोदेखि संखुवासभा हत्याकाण्डका अभियुक्त सार्वजनिक भएकोसम्म



हेडलाइन्स् :

१. १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएर पार्टी फुटाउन सहयोगी भएको भन्दै एमालेद्वारा आइतबारको प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध, सभामुख सापकोटाले पटक–पटक अवरोध रोक्न आग्रह गर्दा पनि नाराबाजी जारी राखेपछि १५ मिनेटका लागि बैठक स्थगित , दोस्रो पटक सुरु भएको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजीलाई निरन्तरता दिएपछि बैठक मंगलबारसम्मका लागि स्थगित, विवाद समाधान गर्न सभामुखले बोलाए सर्वदलीय बैठक ।

२. नेपालसँगको एमसीसी सम्झौता नेपाल सरकारकै आग्रहमा भएको र अनुमोदन नभई कार्यान्वयनमा नजाने मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारको दावी, एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन गराउन ढिला नगर्न सुझाव, सम्झौताका विषयमा नेपालको संसदले छिटो निकास दिनुपर्ने भनाइ, सबै दलहरुको सहमतिमा सम्झौता पारित हुने सुमारको विश्वास

३. नेकपा एकीकृत समाजवादी पार्टी रोजेका एमाले सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई तत्काल कारबाही नगर्न सर्वोच्च अदालतको आदेश, सर्वोच्चका न्यायाधीश मीरा खड्काले निर्वाचन आयोगलाई कारण देखाऊ आदेश जारी गर्दै तत्काल कारवाही नगर्न आदेशमा उल्लेख, २९ गते दुवै पक्षलाई छलफलमा बोलाइयो ।

४. नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको नेकपा (एमाले)को सरकारलाई समर्थन नरहेको जानकारी संसद् सचिवालयलाई गराउने संसदीय दलको बैठकको निर्णय, अल्पमतमा परेपछि शाक्यले विश्वासको मत लिनुपर्ने ।

५. एमालेले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्टलाई निरन्तरता दिने तयारी, बालकोटमा आइतबार बिहान भएको अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा अप्ठ्यारो समयमा भट्टले पार्टीलाई साथ दिएको हुनाले उनलाई नै इन्चार्जमा निरन्तरता दिने बताएपछि उपाध्यक्ष भीम रावल असन्तुष्ट, असन्तुष्ट बनेका रावल संसदीय दलको बैठकमा अनुपस्थित, संसद्बाट बाहिरएका रावलद्वारा सिंहदरबारमा आफू निकट नेताहरुसँग छुट्टै छलफल ।

KP Sharma Oli and Bhim Rawal

६. प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाए बेच्न र बार समन्वय समितिको बैठक, संवैधानिक इजलासमा देखिएको विवाद मिलाउन बैठक बोलाइएको भनाइ, समितिको बैठकमा सर्वोच्च बार एसोसिएसनका अध्यक्ष, नेपाल बार एसोसिएसनका अध्यक्ष, पूर्व अध्यक्षसहित ५ जनाले सहभागी हुने ।

७. संखुवासभाको मादी नगरपालिका–१ उम्लिङखोला गाउँका तेजबहादुर कार्कीसहित ६ जनाको हत्या आरोपमा प्रहरीद्वारा एक अभियुक्त सार्वजनिक, कार्कीका भतिजा लोकबहादुरल चिर्पट प्रहार गरेर ६ जनाको हत्या गरेको प्रहरीद्वारा जानकारी, व्यक्तिगत कुण्ठा र रिसिइबी बनाएपछि घटना भएको प्रहरीको भनाइ, अभियुक्तले दिएको साबिति बयानको भिडियो, घटनास्थलमा पुगेर गरिएको कुराकानीको क्लिप, कपडामा लागेका रगतको दागलगायतका सामान प्रमाणको रुपमा पेस ।

८. नेप्सेसँगै कारोबार रकममा पनि सुधार, १० कम्पनीको शेयरमूल्य १० प्रतिशत बढ्यो, कोरोना बीमाको रकम निकासामा ढिलाई हुने अर्थमन्त्री शर्माको संकेत, निजी र सरकारी दुबै क्षेत्रलाई चलायमान बनाउने अर्थमन्त्रीको भनाई, ७% बृद्धि सहजै हासिल हुने दावी, राप्ती हाइड्रो आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड पुग्यो ।

९. एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग खेलेको दुई मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी, बिहीबार भएको खेलमा नेपाल विजयी भएपनि आइतबारको खेल बराबरीमा टुंगियो, नेपालका उपकप्तान दिपेन्द्र सिंह ऐरीले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिज गुमाउने ।

१०.र, भारतको गुजरात राज्यको मुख्यमन्त्री भुपेन्द्र पटेल नियुक्त, फ्रान्सले तालीवान सरकारलाई मान्यता नदिने, अफगानिस्तानमा तालिबान प्रदर्शनमा चार जनाको मृत्यु भएको राष्ट्रसंघको भनाइ, हिंसा रोक्न माग,अमेरिकाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई सेप्टेम्बरभित्र खोप तयार पार्ने ।

प्रतिक्रिया दिनुहोस्