Logo
Logo

सर्वदलीय बैठक सुरु, ओली गएनन्



काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित भएको छ ।

अहिले संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बैठक जारी छ । बैठकमा एउटा मात्रै प्रतिनिधि सभा सदस्य भएको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि अनुपस्थित छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसानका पार्टीका सचिव प्रेम सुवाल र कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

एमालेले आफू र सभामुखबीचको समस्यामा सर्वदलीय बैठक बोलाएको भन्दै उक्त बैठकमा सहभागी नहुने बताएको थियो । एमालेका नाराबाजीका कारण प्रतिनिधिसभा चल्न नसकेपछि सभामुख सापकोटाले सर्वदलीय बैठका बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्