Logo
Logo

बागमतीमा एकीकृत समाजवादीबाट दलको उपनेता र प्रमुख सचेतक चयन



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले बागमती प्रदेश संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाललाई चयन गरेका छ ।

मंगलबार बसेको एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको बैठकले खनाललाई उपनेतामा चयन गरेको हो । यसैगरी बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईं चयन गरेको छ ।

आइतबार बसेको एकीकृत समाजवादी बागमती प्रदेशको बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता चयन गरेका थियो ।

नेकपा एमाले विभाजनल भएपछि १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् । ५५ मध्ये १३ सांसदले एकीकृत समाजवादी रोजेपछि एमालेको सांसद ४२ मात्र भएको छ ।

प्रतिक्रिया दिनुहोस्