Logo
Logo

एकीकृत समाजवादी गण्डकीको अध्यक्षमा तुलबहादुर गुरुङ चयन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा तुलबहादुर गुरुङलाई चयन गरेको छ ।

गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको हो ।

प्रदेश कमिटीको सचिवमा प्रतापलाल श्रेष्ठ, उपसचिवमा श्रीनाथ बराल रहेका छन् । कमिटीमा उपाध्यक्ष र महिला उप सचिव पद खालि राखिएको छ ।

गण्डकी प्रदेशका अध्यक्ष बनेका गुरुङ पूर्वमन्त्री हुन् भने अनेरास्ववियुको दुई कार्यकाल केन्द्रीय अध्यक्ष सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्