Logo
Logo

अर्थमन्त्रीद्धारा प्रस्तुत विनियोजन विधेयक बहुमतले पारित



काठमाडौं । आजको संसद बैठकले अर्थमन्त्री जनार्दन शर्माद्धारा प्रस्तुत विनियोजन विधेयक–२०७८ बहुमतले स्वीकृत भएको छ ।

एमाले सांसदहरुको नाराबाजीका बीच अर्थमन्त्री शर्मालाई सो विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न सभामखु अग्नीप्रसाद सापकोटाले समय दिएका थिए । अर्थमन्त्रीले शर्माले विधेयक प्रस्तुत गरेपछि सो बारेमा सैद्धान्तिक छलफलका लागि नाम टिपाउन आग्रह गरेका थिए । छलफलमा सांसद प्रेम सुवाल मात्र सहभागी भए ।

सभामुख सापकोटाले सो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्