Logo
Logo

भाेलिदेखि सरकारी खर्च रोकिने



काठमाडौं । बजेट नै पास नगरी संसद बैठक असोज चार गतेसम्मका स्थगित भएको छ ।

१५ जेठमा अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद स्थगित भएको हो । प्रतिस्थापन विधेयक ३० भदौसम्म पारित गर्नुपर्नेमा नभएपछि अब स्वतः निष्क्रिय हुने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सरकारले नियमित प्रक्रियाबाटै बजेट पारित गरेर अघि बढ्ने बताए । प्रतिस्थापन विधेयक पारित नभएपछि केही दिन सरकारी खर्च रोकिने मन्त्री शर्माले भने ।

यो विधेयक पारित गर्ने हामी छलफल गरिरहेका छौँ । सहमति अनुसार पारित गछौंँ । केही दिन अब सरकारी खर्च रोकिन सक्छ । कर उठाउने व्यवस्था छ, कर उठ्दै जान्छ,ु उनले भने । सरकारले पेश्की खर्च भने नगर्ने बताएको छ ।

‘पेश्की खर्चका लागि अध्यादेश पनि आउँदैन । विधेयक पास भएपछि नियमित प्रक्रियाबाटै खर्च हुन्छ,’ शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्