Logo
Logo

माधव नेपालले वडा सदस्य पनि नजित्ने ओलीको दाबी



झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटाएर गएका माधव नेपालले आगामी चुनावमा वडा सदस्य समेत नजित्ने दाबी गरेका छ । मंगलबार झापामा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन् ।

आगमी चुनावमा एमालेले नै जित्ने भन्दै माओवादी केन्द्रका अध्यक्ष्या पुष्प कमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सही कुरा प्वाक्क बोलेको बताए । ‘प्रचण्डले मुखबाट प्वाक्क निकाल्नुभयो । हामीले वडामा पनि जित्न हम्मेहम्मे पर्ने रहेछ कि जस्तो, उहाँले कुरा बुझ्नुभयो । तर माधव नेपालले त वडाध्यक्ष त के वडा सदस्य पनि जित्दैनन्, के कारणले उनलाई भोट हाल्छन् ?’,

ओलीले माधव नेपालले पार्टी फुटाउन मात्रै जानेको आरोप लगाए । उनले भने, ‘माधव नेपालले पार्टी बनाउँदैनन्, एमाले फुटाउन खोजेको हो बनाउन होइन, फाइदा लिनुसम्म लिए, प्रधानमन्त्री, नेता भए, गुटबन्दी गरे, एमालेलाई माधव नेपालले २४० मध्ये ३३ मा झारे र आफै राजीनामा गर, राजीनामा दिएपछि चुप लागेर बस्नुपर्दैन ? प्रधानमन्त्री बनाइयो, तर सकिन भनेर हिँडे तर फेरि मैलाई चाहियो भन्छन् के हो ?’

ओलीले माधव नेपाल एमाले विरोध भएको पनि आरोप लगाए । उनले भने, ‘माधव नेपालको राजनीति नै नभएको भन्दै उनले न जादु, न मन्तर केही छैन, कसैले लगाइदिएको त्यो काममा लाग्नुभएको छ । अव कमरेड माधव नेपाल होइन एमाले विरोधी र जनविरोधी माधव नेपाल ।’

प्रतिक्रिया दिनुहोस्