Logo
Logo

लुम्बिनीका दुई विना विभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मेवारी



काठमाडौं । लुम्बिनी सरकारका दुई विना विभागीय मन्त्रीको एक महिनापछि मन्त्रालयल तोकिएको छ ।

जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका सुमन शर्मा रायमाझीलाई कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था र पुरमती ढेंगालाई श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

साउन २८ गते नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त हुंदा नेपाली कांग्रेस र माओवादी केन्द्रका एक–एक जना, जसपाका तीनजना र स्वतन्त्र सांसद अजय शाही मन्त्री नियुक्त भएका थिए ।

ती मध्ये जसपाका रायमाझी र ढेंगा तथा स्वतन्त्र सांसद शाही विना विभागीय मन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्