Logo
Logo

अध्यादेश खारेजपछि मात्रै मन्त्रिपरिषद विस्तार : उपेन्द्र यादव



सिन्धुली । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।

सिन्धुलीगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले अध्यादेश खारेज नहुँदा दलहरूलाई अस्थिर बनाइराख्ने दावी गर्दै खारेज भएपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने बताएका हुन् ।

उनले एक दुई दिनभित्रै अध्यादेश खारेज हुने विश्वास समेत व्यक्त गरे । अध्यादेशले पार्टीहरूमा फुटको सृजना गर्न सक्ने भन्दै त्यसको खारेजी आवश्यक रहने उनको भनाइ थियो ।

उनले सरकारमा सहभागी जनाउने भएपनि मन्त्रीको नाम टुंगो लगाउन बाँकी रहेको बताए । मन्त्रालय टुंगेपछि मात्रै मन्त्रीको नाम पठाउने उनले बताए ।

एमालेले गरेको संसद् अवरुद्धको कुनै तुक नरहेको भन्दै उनले सरकारलाई सफल हुन नदिन अवरोध गरिएको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस्