Logo
Logo

माधव नेपालकाे पर्टीमा जानुभन्दा सिँधै कांग्रेसमा जानु उत्तम : विष्णु पौडेल



बुटवल । नेकपा एमालेका महासचिव विष्णु पौडेलले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले सिद्धान्त केन्द्रित नभइ स्वार्थ केन्द्रित भएर पार्टीमा विभाजन गरेको आरोप लगाएका छन् ।

बुटवलमा आयोजित रुपन्देही कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपाल नेतृत्वको पाटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा जनुभन्दा कांग्रेसलाई सोझै सहयो गर्न जाँदा उत्तम हुने बताए ।

‘माधव नेपालमार्फत कांग्रेसको सेवा गर्न जरुरी छैन । बरु त्यसका लागि सोझै नेपाली कांग्रेसलाई सहयोग गर्ने बाटा छन्। त्यो बेग्लै कुरा हो। तर माधव नेपालको झुण्डले जुन गतिविधि गरेको छ त्यो सैह्य छैन,’ उनले भने ।

नेता पौडेलले एमालेबाट अलग्गिएका माधव नेपाललाई काँग्रेसको पछि लागेर वामपन्थी भन्न नसुहाउने बताएका छन् पौडेलले नेता पैडेल नेपालीले काँग्रेस र दक्षिणपन्थीको पछि लागेर आफूलाई वामपन्थी भनेर हास्यास्पद परिभाषा दिने गरेको बताए ।

‘काँग्रेसको पछि लागेर आफूलाई वामपन्थी भनेर हास्यास्पद परिभाषा गर्ने कोसिस भएको छ । दक्षिणपन्थीको पछि लागेर वामपन्थी भन्नु यो भन्दा हास्यास्पद कुरा के हुन्छ ?’

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा हुदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कब्जा गर्न खोजेको आरोप पनि लगाए । उनले भने, ‘अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निष्कासन गरिको थियो। यसरी एमाले कब्जा गर्ने खोज्ने। एमालेलाई कमजोर पार्ने प्रयास भएको हो। प्रचण्डको नेतृत्व कमजोर भए पनि पार्टी एकता जोगाउने कोसिस गरेका थियौँ ।’

उनले नेकपा एमाले विभाजित गर्ने कोसिस भइरहेको भन्दै त्यस्ता हर्कत सफल हुन नदिने दाबी समेत गरे । पौडेलले माधव नेपालको पार्टी नभएर एउटा झुण्डमात्र भएको भन्दै अबको निर्वाचनमार्फत एमालेले सरकारको नेतृत्व गर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्