Logo
Logo

कांग्रेसद्वारा थप सात जिल्लाकाे क्रियाशील सदस्यता सार्वजनिक



काठमाडाैं । नेपाली कांग्रेसले काठमाडौंसहित सात जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेको छ ।

केन्द्रीय निर्वाचन समितिले बुधबार काठमाडौंसहित थप सात जिल्लाको नामावली पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको हो। याेसँगै सदस्यता सार्वजनिक भएकाे जिल्लाकाे संख्या ६४ पुगेकाे छ ।

बुधबार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बर्दिया, मोरङ, बाजुरा, कपिलवस्तु र काठमाडौंको नामावली सार्वजनिक भएकाे हाे ।

समितिले नामावली सार्वजनिक भएका सातवटै जिल्लाहरुमा निर्वाचन अधिकृत पनि खटाएको छ। काभ्रेपलाञ्चोकमा राजेन्द्र लामिछाने, सिन्धुपाल्चोकमा छवीरमण निरौला र बर्दियामा लोकबहादुर शाहलाई निर्वाचन अधिकृत तोकिएकाे छ ।

यस्तै मोरङमा केदार कार्की, बाजुरामा सन्तोष भण्डारी, कपिलवस्तुमा घनश्याम पन्त र काठमाडौंमा वरिष्ठ अधिवक्ता नरहरि आचार्यलाई निर्वाचन अधिकृतकाे जिम्मा दिइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्