Logo
Logo

सरकारले भूमि आयोग ब्युँताएकोदेखि मध्यरातबाट बजेट होलिडेसम्म



हेडलाइन्स् :

१. शेरबहादुर देउवा नेतृत्वको सरकारले ब्युँतायो भूमि आयोग, मन्त्रिपरिषद बैठकद्वारा राष्ट्रिय भूमि आयोग गठन, आयोगको अध्यक्षमा नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौला नियुक्त, उपाध्यक्षमा महेन्द्र खड्का नियुक्त, दुवै जनाद्वारा बुधबार सपथ ग्रहण, सुकुम्बासीको समस्या हटाएरै छाड्ने नवनियुक्त अध्यक्ष महेन्द्र खड्काको प्रतिवद्धता ।

२. एमालेका कारण संसदबाट बजेट पास नभएको भन्दै सरकारले लगाएको दोषप्रति एमालेको ध्यानाकर्षण, बजेट रोक्ने एमालेको कुनै योजना नरहेको प्रष्टीकरण, बजेट पारित गर्ने भन्दा पनि सरकार सत्ता स्वार्थमा अलमलिँदा बजेट पास हुन नसकेको एमालेको आरोप, सरकारकै कारण खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको दावी ।

३. नेकपा विभाजनपछि अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त, तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानूनमन्त्री र हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीका रूपमा सथप ग्रहण, सपथ लगत्तै बसेको मन्त्रिपरिषद बैठकद्वारा २२ असोजमा संसद अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस, अधिवेशनमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने ।

४. तत्कालीन सरकारले गरेको कामबाट वर्तमान सरकार आत्तिएको एमाले अध्यक्ष केपी शर्मा ओलीकाे दावी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जनविरोधी अपराधी भएको ओलीको आरोप, नेपालले एमाले कार्यकर्तालाई धोका दिएको प्रदीप ज्ञवालीको दावी, देउवालाई प्रधानमन्त्री बनाउनु नै ठूलो उपलब्धी माननु नेपालको भूल भएको गोकर्ण विष्टको आरोप ।

५. कांग्रेसको केन्द्रीय निर्वाचन समितिद्वारा सात जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशित, मंगलबार १० जिल्लाको सदस्यता टुंगिएको भएपनि समितिले बुधबार सात जिल्लाको मात्रै नामावली सार्वजनिक, काभ्रे, सिन्धुपाल्चोक, बर्दिया, कपिलवस्तु, बाजुरा, मोरङ र काठमाडौंको सदस्यता प्रकाशित गरिएको भनाइ, अन्य तीन जिल्लामा प्राविधिक समस्या देखिएकाले विस्तारै सार्वजनिक हुने समितिद्वारा जानकारी ।

६. पछिल्लो २४ घण्टामा १ हजार७ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि , पीसीआर विधिबाट भएको १२ हजार ५ सय २४ नमुना परीक्षणबाट १ हजार ३३२ जना र एन्टिजेन विधिबाट गरिएको ४ हजार ३२० जनाको परीक्षणमा ४२८ जनामा संक्रमणा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी, काठमाडौं उपत्यकामा मात्रै ४ सय ९७ जनामा संक्रमण पुष्टि, थप ९ जनाको मृत्यु ।

Image

७. गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १६ सहसचिव र उपसचिवको सरुवा, ललितपुरमा घनश्याम उपाध्याय, भक्तपुरमा रुद्रादेवी शर्मा, गुल्मीमा पुण्य विक्रम पौडेल र गोरखामा शंकरहरि आचार्यलाई सरुवा , मोरङमा काशिराज दाहाल, रामेछापमा दीपककुमार पहाडी, संखुवासभामा नुरहरि खतिवडा, दोलखामा टेकराज निरौला, चितवनमा आस्मान तामाङ, धादिङमा कृष्णप्रसाद लम्साल, उदयपुरमा वीरेन्द्रकुमार यादव र रुपन्देहीमा ऋषिराम तिवारीलाई काज सरुवा गरिएको मन्त्रालयद्वारा जानकारी ।

८. सेयर बजारमा बजेट पास नहुँदाको असर, तरलता अभावले बजार निरन्तर ओरालो, करोबार पनि घट्यो, बैंक वित्तीय संस्थाले ब्याज बढाउने तयारी गरिरहेका बेला राष्ट्र बैंकको २० अर्ब तरलता दिँदै, खाद्य कम्पनीले बढायो चाडपर्वलक्षित सहुलियत पसल संख्या, ४३ केन्द्रबाट २५ सय टन खाद्यान्न बेच्ने, विश्व बैंकसँग ५८७ करोड रुपैयाँको सहुलियतपूर्ण ऋण सम्झौता, विद्यालय र स्वास्थ्यमा खर्च गरिने ।

९. महिला राष्ट्रिय फुटबल टिम एसियन कप २०२२ को छनौट खेलका लागि उज्वेकिस्तानमा, नमुना परीक्षणका लागि स्वाब संकलनपछि नेपाली टोली परिक्षणको रिपोर्ट नआएसम्मका लागि होटेल क्वारेन्टिनमै रहने, महिला टी–२० विश्वकपको एशिया छनोटको ’भेन्यु’ सर्ने प्रबल सम्भावना,क्यान यू–१९ महिला क्रिकेट प्रतियोगिता गर्ने तयारीमा, श्रीलंकन अलराउण्डर ओसादा फर्नान्डोले ललितपुरबाट इपीएल खेल्ने ।

१०.र, तालिबानको अन्तरिम सरकारमा फुट आएको बीबीसीको टिप्पणी, नयाँ सरकारबारे तालिबानका सह संस्थापक मुल्लाह अब्दुल बरादर र मन्त्रिपरिषद्का सदस्यबीच राष्ट्रपति भवनमा विवाद, उत्तर कोरियाले पूर्वी सागरमा दुई ब्यालिस्टिक मिसाइल हानेको जेसीएसद्वारा पुष्टि, बेलायतद्वारा संसदमा चिनियाँ राजदूतको प्रवेशलाई प्रतिबन्ध ।

अफगानिस्तान कब्जामा लिएर नयाँ सरकारको घोषणा गरेको तालिबानभित्रै विवाद

प्रतिक्रिया दिनुहोस्